यति एयर दुर्घटना: दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो। 

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिए। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
 
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। उनका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको राससलाई जानकारी दिए।

प्रतिक्रिया