यस्तो छ नवनिर्वाचित प्रतिनिधिसभा, प्रधानमनन्त्रीले भोलि विश्वासको मत लिने

काडमाडौं। नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक सुरु भएको छ। दिउँसो १ बजे बैठक सुरु भएको हो। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको छ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि पहिलो बैठक सुरु भएको हो।

यो प्रतिनिधिसभामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद छन् ।
        
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। साथै उनले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाए।

प्रतिनिधिसभाको यही अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचन गर्ने छ भने केही समयपछि राष्ट्रपतिको पनि निर्वाचन हुने छ। 

नवनियुक्त प्रधानमन्त्रीले पनि भोलि २६ गते विश्वासको मत लिने कार्यक्रम छ।

 
 

प्रतिक्रिया