पाँचथरको आगलागीमा २ जनाको मृत्यु ,२ जना घाईते

 

काठमाडौँ : पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु  भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा २३ वर्षीया आसाङसिंङ थेवे र २२ वर्षीया ममता गुरुङ रहेका छन् । अचानक विद्युत् सट भई आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको समाचार छ । 

प्रतिक्रिया