प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री नियुक्त,भोलि शपथ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को उपधारा (२) अनुसार राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ'-विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमालेसहित ७ दल र ३ स्वतन्त्र गरी १ सय ६९ सांसद्को समर्थन जुटाएर प्रचण्डले आइतबार नै राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए। 

योसँगै प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका छन्। प्रचण्डले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

Sitalniwas

प्रतिक्रिया