बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको आज बिहान निधन भएको छ।  

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएलबीसम्मको अध्ययन गरेका थिए। उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत भएका थिए। 

बस्नेतले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए। बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्ष बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेको छ, ‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई हामी बुद्ध एयरकर्मी सधैं अनुशरण गरी अगाडि बढ्ने छौं। हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन।’

प्रतिक्रिया