प्रतिनिधिसभा

१४ भाषामा लिए शपथ, चिनजान गर्दै सेल्फी खिच्दै सांसद

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले विभिन्न १४ वटा मात्रृभाषामा शपथ ग्रहण लिएका छन्।  

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथ गराएका हुन्। सांसदहरुले शपथ पत्रमा नामसहित हस्ताक्षर गरेका छन। उनीहरुले नेपाली र भातृभाषामा हस्ताक्षर गरेपछि नेपालको प्रति लोगो लगाएका थिए। सपथ ग्रहण कार्यक्रममा सहभागी सासदहरु विभिन्न पोसाकमा सजिएर आएका थिए। सपथ ग्रहण सकिए लगतै उनीहरु एक आपसमा सामुहिक तथा सेल्फी फोटो खिच्न पनि व्यस्त Photo4रहेका छन।अहिले नयाँसासदहरु जलपानपानमा सरिक छन । 

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन्।   

Photoशपथपछि संसद परिसरमा सचिवालयले चियापानको आयोजना गरेको छ।

राष्ट्रिय पोशाक र मौलिक जातीय पहिरनमा आएका सांसदहरुले आपसमा परिचय गर्दै सेल्फी खिचेका छन्। 

प्रतिक्रिया