मेरो देश भन म कस्लाई उठाउँ

मेरो देश भन म कस्लाई उठाउँ
 
मेरो देश तिमी मेरी जननी हौ
म कस्लाई सोधौं ?

सानो बाबू नाति छ ऐले मस्त निन्द्रामा छ
उसको निन्द्रा म कसरी भंग गर्न सक्छु र ?
फेरि धेरै बालक उसले ब्युँझे पनि मेरो देश
मेरी जननी तिम्रा लागि के पो गर्न सक्छ र ?

तिमी अफ्ट्यारोमा छौ
मैले बुझेको छु !
मेरो पिता धेरै वृद्ध हुनुहुन्छ
वहाँ पनि बिश्राममा हुनुहुन्छ
भन मेरो देश म कसलाई उठाँउ ?

युवाहरू सबै बिदेश गएका छन्
केही छन् बिँउझेर पनि निदाएका
तिनीहरूलाई उठाउन अति कठिन छ
मेरो देश ननिदाएकाहरूलाई ब्युँझाउन कठिन हुने रहेछ
भन मेरो देश म कसलाई उठाउँ
म कसलाई ब्युँझाउँ ?

प्रतिक्रिया