मेलम्ची खानेपानीको अवस्था बुझ्न सुरुङ्गको मुखमै पुगे प्रकाशमान

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंह बिहीबार PMSSमेलम्ची खोलाको आयोजना क्षेत्र स्थलगत अवलोकन गर्न पुगेका छन्। 

काठमाडौं उपत्यकालाई दीर्घकालीन खानेपानी वितरण गर्न सरकारले झण्डै तीन दशकअघि सुरु गरेको योजना सेवा दिन थाल्दै गर्दा प्राकृतिक प्रकोपमा परेर अवरुध्द भएको छ। नेता सिंहले आफ्ना मतदातासँग गरेको प्रतिवध्दता पूरा गर्न आयोजनाको स्थलगत अवलोकन गरेको बताएका छन्।

PMSअरु जनप्रतिनिधि सहित मेलम्ची खानेपानी आयोजनास्थल निरक्षणमा सांसद सिंहले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन्। 

त्यसक्रममा उनले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी वितरण गर्न ढिलाई गर्न नहुने बताए। 

उनले मेलम्चीको सुरुङ्ग अघि उभिएर भने–हामीलाई काठमाडौंको प्रतिनिधिले के गर्छन् भनिरहेका हुन्छन्। यसमा संघीय सरकारको त काम आउँछ आउँछ, प्रदेश र पालिकाको पनि सहभागितमा यसलाई बनाउनुपर्छ।’

यो परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिने उनले बताए। ‘यहाँ ठूलै प्राकृतिक प्रकोप भएको देखियो। जनताको घर ढलिरहेको रहेछ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ।’ PMSSSSसांसद सिंहको भनाई छ।

उनले यहाँका बासिन्दाको समस्या संघीय सरकारले नसुनेको गुनासो आएको पनि बताएका छन्। 

‘यहाँका जनप्रतिनिधिले स्थानीयको समस्या सरकारले नसुनेको बताउनु भयो। अब यहाँको पालिकालाई यसको आम्दानीको निश्चित प्रतिशत दिनुपर्छ। यत्रो ठूलो मेगा प्रोजेक्ट राष्ट्रिय गौरवको योजनामा ढिलासुस्ती हुने कारण के रहेछ भन्ने हामीले बुझ्न PMपायौँ।’

प्रदेश सभा सदस्यहरु दिपेन्द्र श्रेष्ठ र सुरज लामिछाने सहितका प्रतिनिधि पनि भ्रमणमा सहभागी थिए। 

(तस्बीर सौजन्य: युपी लामिछाने)
 

प्रतिक्रिया