सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी


 सुनसरी, १५ मङ्सिर (रासस) : सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी हुनुभएको छ ।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया