काठमाडौं महानगरमा सुकुम्वासीको प्रदर्शन

काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गरेका छन्। आफूहरूको उचित व्यवस्थापन नगरी हटाउन लागिएको भन्दै मंगलबार बिहान उनीहरूले महानगर कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका सयौँ व्यक्ति महानगरअगाडि पुगेर प्रदर्शन गरिरहेका छन्। 

एकीकृत  बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो। त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो भने महानगरका नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना प्रकाशित गरेको थियो। 

प्रतिक्रिया