निर्वाचन परिणामबाट असन्तुष्ट प्रचण्ड नयाँ चाल चल्ने तयारीमा

काठमाडौं। पाँच दलीय गठबन्धनका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ताजा निर्वाचन परिणामसँग असन्तुष्ट छन्। उनले गठबन्धन दलहरुले आपसमा विश्वासको व्यवहार नगरेको अर्थ लाग्ने गरी असन्तुष्टि जनाएका छन्। प्रचण्डले सबै निर्वाचन परिणाम आईनसक्दै गठबन्धनको निरन्तरता माथि प्रश्न उठ्ने गरी वामपन्थी दलहरुसँग सम्वाद थालेको बुझिएको छ। नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान गठबन्धन अब के हुन्छ भन्ने बारेमा ठूला दलका नेताहरुवीच घनिभूत परामर्श सुरु भएको छ।

गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभर गठबन्धनले अपेक्षा गरे अनुसार निर्वाचनको परिणाम नआएको शुक्रवार गोरखा सदरमुकाममा आयोजित धन्यवाद सभामा बताएका हुन्। उनले भने ‘जस्तो परिणाम अपेक्षा गरेका थियौँ देशभरी अलि भएन भने। गोरखामा गठबन्धनका उम्मेदवार सबै विजयी भएपनि अपेक्षा अनुसार मत परिणाम भने यहाँ पनि नदेखिएको उनले बताए।

‘अब गठबन्धन दल र राजनीतिक दलहरुले केही गृहकार्य गर्नुपर्ने जरुरी छ’ उनले भने ‘तत्काल शुक्रवार नै गठबन्धनको बैठक बस्नुपर्ने छ, मेरो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन केहीदिनपछि फेरी आउनेछु।’

नयाँ उदय भएका राजनीतिक दलहरुप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक एजेण्डा, सिद्धान्त, मुल्यमान्यताको अबमुल्यन हुने खतार बढेको बताए। ‘हामीले उनीहरुलाई गाली या आलोचना गर्ने भन्दापनि एकचोटी राजनीतिक नेतृत्वमा आत्मसमिक्षा गर्नुपर्ने अवस्थाको रुपमा मैले लिएको छु’ उनले भने ‘राजनीतिक नेतृत्वले नै सोच्नुपर्ने बेला आएको छ।’

गठबन्धन र राजनीतिक दलका अघि अवसर र चुनौती दुबै देखिएको बताउँदै उनले अहिले नै सबै बर्वाद भयो भन्ने केही नभएको बताए। ‘यदी राजनीतिक नेतृत्वले गम्भिर भएर आत्मासमिक्षा गरेर आउनेदिन जनताको लागि समर्पित हुने नीति योजना, कार्यक्रम नबनाउने हो भने देश अफ्ठ्यारोमा पर्न सक्छ।’ देश भुमरिमा पर्ने स्थिती हो भने त्यो स्विकार्य नुहने बताउँदै अध्यक्ष  प्रचण्डले ७५ वर्षदेखि संघर्ष गरेर प्राप्त गरेको लोकतान्त्रीक अधिकार रक्षाका निम्ति आफु लागिपर्ने बताए। गाउँगाउँ, नगरमा पुगेको सिंहदरवारको अधिकार उल्ट्याउने चेष्टा कुनैपनि हालतमा सफल हुन नदिने दाहालले घोषणा गरे।

एउटा आबेगमा र भावनामा देशमा मानिषहरुलाई कहिँ न कहिँ भ्रमित पार्न सक्ने संकेत देखिएको बताउँदै प्रचण्डले भने ‘हाम्रा लागि यो चुनौती हो, जनतालाई सर्वाभौमसत्ता सम्पन्न बनाउन लागिपर्ने दल र नेतालाई चुनौती हो।’

जनताको बिकासको आकांक्षा, शुसासन, भष्ट्राचार निवारणमा विज्ञान र प्रविधिको प्रयोग गर्दै काम गर्नुपर्ने उनले बताए। चुनावका बेला गरेका बाचा पुरा गर्न आफु प्रतिवद्ध रहेको उनले बताए। सडक कालोपत्रे, बूढीगण्डकी आयोजना निर्माण, तिब्बत जोड्ने सडक निर्माण, पालुङटार एरपोर्ट संचालन लगायत विषयलाई प्रचण्डले प्राथमिकता दिएका छन्।

निर्वाचित प्रमाणपत्र लिन प्रचण्ड गोरखा आएका हुन्। उनीसँगै क्षेत्र नम्बर १ को प्रदेश सभा क मा निर्वाचित फडिन्द्र देवकोटा र ख मा निर्वाचिनत सुरेन्द्रराज पाण्डेलाई निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए।

गोरखा प्रतिनिधि सभा १ मा निर्वाचित राजेन्द्र बजगाई, प्रदेश सभा क मा निर्वाचित कृष्ण धिताल र ख मा निर्वाचित नन्दप्रसाद न्यौपानेलेपनि बिहिवार मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माबाट निर्वाचित भएको प्रमाण पत्र लिईसकेका छन्।

प्रतिक्रिया