मुख्यमन्त्रीका दावेदार इन्द्र बानियाँ विजयी


हेटौँडा, ७ मङ्सिर: मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी हुनुभएको छ । 

उहाँले १८ हजार सात सय १६ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गर्नुभयो । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पार्नुभएको हो । 

विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताउनुभयो । तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उहाँको भनाइ छ ।  (रासस)

प्रतिक्रिया