विश्वप्रकाशले तेस्रो प्रयासमा झापाको १ नम्बरमा बाजी मारे

बिराटनगर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो प्रयाशमा मतदाताको विश्वास जितेर प्रतिनिधिसभा सदस्यमा बिजय हासिल गरेका छन्। उनले यसअघिका दुई निर्वाचनमा पराजय बेहोर्नु परेको थियो भने यसपटक एमालेका उम्मेदवार अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेर सफलता हात पारेका छन्।

पूर्व महान्यायाधिवक्ता तथा कानून व्यवसायी खरेल एमालेका स्थायी कमिटी सदस्य हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने खरेल पहिलो पटक संसदीय राजनीतिक प्रतिष्पर्धामा उत्रिएका हुन्। उनलाई एमालेकै युवा कार्यकर्ताले पर्यटक उम्मेदवार भनेर असहयोग गरेका बुझिएको छ।

एमालेले लालकिल्ला दावी गर्दै आएको झापाको अरु क्षेत्र जस्तै क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि बिजय हासिल गरेको हो। २०५६ को मध्यावधि निर्वाचनमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए।

 महामन्त्री शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए्।

 

प्रतिक्रिया