मजदुर कोठामा मृत भेटिए

काठमाडौँ ।  काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 यसैबीच काठमाडौँ, चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको छ । आगलागी हुँदा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।(रासस) 

प्रतिक्रिया