ताप्लेजुङबाट योगेश भट्टराई बिजयी

ताप्लेजुङ। योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो उनको दोस्रोपटकको  जीत हो।

यसअघि उनी २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यतिबेला बाम (एमाले–माओवादी) गठबन्धनबाट भट्टराई  विजयी बनेका थिए ।

अहिलेको निर्वाचनमा भने माओवादी र एमालेबाट फुटेको एकीकृत समाजवादी कांग्रेस नेतृत्वको गठबन्धनमा छन् । सत्तारुढ गठबन्धनको चुनौती पन्छाउँदै भट्टराई प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक विजयी बनेका हुन् ।
 
भट्टराईले बुधबार मतगणनामा सकिँदा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गरे । लगातार दोस्रो पटक सांसद चुनिने अवसर पाएका उनले २१ हजार ९४३ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत मात्रै ल्याएर ।

प्रतिक्रिया