गोरखाका मतदाता रिझाउन प्रचण्डका पचपन्न प्रतिवध्दता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनका लागि महत्वाकांक्षी प्रतिबद्धता सार्वजनिक गरेका छन्। गोरखा–२ मा गठबन्धनका उम्मेदवार रहेका प्रचण्डले आइतबार गोरखाका मतदातालाई रिझाउन पचपन्न बूँदामा भौतिक पूर्वाधार र पर्यटन सहितका बिकासे योजना सार्वजनिक गरेका छन्। 

प्रतिबद्धतापत्रमा प्रचण्डले  गोरखा जिल्लाले अब नेपालको इतिहासमा निर्वाचनमार्फत संविधानले पूर्ण कार्यान्वयनको प्रक्रियामा अघि बढ्दै  र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै नेपाली विशेषता र मौकिलतासहितको समाजवादका लागि समेत योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

प्रचण्डले पालुङटारलाई स्मार्ट सिटीका रुपमा विकास गर्नेदेखि रबर उद्योगलाई नयाँ ढाँचामा सञ्चालन गर्नेसम्मका प्रतिवद्धता जनाएका छन् । यस्ता छन् उनका ५५ बुँदे प्रतिबद्धतापत्र- 

क. प्रमुख रणनीतिक योजनाहरु : 
१. पालुङटार एयरपोर्टलाई पुनः सूचारु गरिनेछ र पालुङटारलाई मौलिक स्मार्ट सिटीका रुपमा विकास गर्ने 

२.  बहुउद्धेश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढिगण्डकी जलविद्युत आयोजना तत्काल कार्यन्वय सुरु गरिने छ । साथै अन्य जलविद्युतका सबै सम्भावनाहरुलाई पनि अघि बढाइने छ। 

३. पालुङटार नगरपालिका–७ च्याङलीमा रहेन गरी सरकारबाट निर्णय भएर पनि कार्यान्वयन हुन बाँकी रहेको कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको कृषि क्याम्पस सञ्चालन गरिने छ र गोरखाका मा.वि तथा विभिन्न क्याम्पसहरुलाई थप व्यवस्थित गर्दै प्राविधिक शिक्षालाई विस्तार र शिक्षा क्षेत्रका समस्याहरु हल गरी समग्र शैक्षिक विकासलाई अगाडि बढाइने छ । 

४. रणनैतिक महत्व बोकेका बेनीघाट–आरुघाट–लार्के (रुइला नाका) तिब्बतसँग सिमाना जोड्ने सडकखण्ड निर्माण कार्य पूरा गरिने छ ।

५. गोरखामा अवस्थित पालुङटार, गाइखुरटार, च्याङ्लीटार धुवाकोटटार, कुन्दुनटार, बुद्धसिंटार, मुच्चोकटार, बुट्टार, घ्याल्चोकटार, आरुटारलगायतका उर्वर टारहरुका साथै निबेलदेखि अँबुवासम्मका दरौँदी नदीका किनारका फाँटहरुमा नदि नियन्त्रणका साथ लिफ्टिङ, पम्पिङ तथा नहरहरुको योजनामार्फत सिंचाईलाई व्यवस्थित गरी कृषि उत्पादन वृद्धि गर्न योजनाहरु अगाडि बढाइने छ । जिल्लालाई उत्पादनमा आत्मनिर्भर बनाउन सहकारी , निजी र सरकारी क्षेत्रलाई उपयोग गरिने छ ।

६. गोरखा जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।  

क. लिगलिगकोट, बुढीकोट, लकाङ्कोट, सिरानचोक गढी, सुलिकोट, ताकुकोट, वारपाक, गोरखा दरबार, मनकामनालाई समेटेर ऐतिहासिक तथा धार्मिक पर्यटकीय सर्किटको रुपमा विकास गरिने छ ।

ख. सिनाडाँडा– निम्चेपोखरी– दुधपोखरी– नागेपोखरी– नारदपोखरीलाई केन्द्रमानी हिमाली पर्यटनलाई प्रवद्र्धन गर्न राष्ट्रिय पर्यटर्की योजनाको सूचीमा पार्न पहल गरिने छ ।

ग. सिरानचोक , भच्चेक, सिरानडाँडा, अजिरकोट र उत्तरी गोरखाको बारपाक, रुविनाला, मनास्लु पदमार्ग, लार्के पास आदि क्षेत्रलाई हिमालय पर्यटनको रुपमा विकास गर्न पहल गरिने छ । संस्कृति र प्रकृतिलाई समिश्रण गरी ट्रेकिङ रुट निर्माण गरिने छ । साथै अध्ययनको आधारमा विशेष सांस्कृतिक ग्राम निर्माण गरिनेछ ।

घ. गोरखा दरबार र मनकामना मन्दिरलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिनेछ ।

ङ. २०७२ सालको गोरखा भूकम्पको केन्द्र रहेको बारपाक र भूकम्पपश्चात विकास गरिएका एकीकृत बस्तीहरुलाई पर्यटनसँग जोडी आयआर्जन वृद्धिका योजना अगाडि बढाइने छ। 

७. संविधानमा उल्लेखित विशेष, स्वायत्त र संरक्षित क्षेत्र स्थापना गर्ने प्रावधानअनुसार चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र गर्न पहल गरिने छ। १०० वर्ष अघिदेखिको नेपालको एकमात्र अहिंसा क्षेत्रका रुपमा रहेको यस उपत्यकालाई अहिंसाको क्षत्रको रुपमा संरक्षण गर्न आवश्यक पहल गरिने छ । 

८. रबर उद्योगलाई नयाँ ढंगबाट सञ्चालन गर्न ठोस पहल अघि बढाइने छ । गाइखुल च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण र सञ्चालन प्रक्रिया अघि बढाइने छ ।

९. रुइला नाका नियमित रुपमा सञ्चालन गर्न र नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गर्न पहल अघि बढाइने छ। 

१०. कृषि, पशुपालन, जडिबुटी, फलफूल खेती, घरेलु हस्तकला, होमस्टे तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्दै युवाहरुलाई रोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाइने छ ।स्थानीय तहमा नै प्रशोधन केन्द्रहरु निर्माण गरी स्थानीय अर्थतन्त्त र रोजगारी प्रवद्र्धन गरिने छ। 

ख. अन्य महत्वपूर्ण योजनाहरुः 

१. पालुङटार, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौबारी, रातामाटा, मुच्चोक, सिम्जुङ, घ्याच्चोक, वैकल्पिक सहायक राजमार्ग कालोपत्रे गरिनेछ। 

२. घ्याम्पेसाल–देउराली–ताकु–स्वारा–सौरपानी–बारपाक–घ्याच्चोक–सिरानडाँडा–ओलाङ हुँदै लमजुङ दुधपोखरी सडक निर्माण प्रक्रिया अगाडि बढाइने छ। 
३.गोरखा सदरमुकामबाट लमजुङ सदरमुकाम जोड्ने सबभन्दा छोटो बाटोको रुपमा प्रस्तावित पन्थडी–कटहरे–साइलीटार सडक निर्माण कालोपत्रे गर्न प्राथमिकताका साथ पहल गरिने छ। 

४. मस्र्याङ्दी, चेपे र दरौँदी करिडोर अन्तर्गतको मुख्य सडक अन्तर्गतका ग्रामीण क्षेत्र जोड्ने शाखा सडकहरुलाई कालोपत्रे तथा स्तरोन्नतीमा जोड दिइने छ र दुधपोखरीसम्म बाटो विस्तार गरिने छ। 

५. बाह्रकिलो, बारपाक, लाप्राक, गुम्दा हुँदै माछाखोलासम्मको सडक कालोपत्रे गर्न पहल गरिने छ ।
६. मध्यपहाडी लोकमार्गअन्तर्गत गोरखा खण्ड कालोपत्रे गरिनेछ । सबै पालिकाको केन्द्य्र हुँदै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे गर्न जोड गरिने छ। 

७. कुनाघाट भच्चेक–चनौटे–तामालाबोट–ताकुकोट–देउराली–आरुघाट सडक स्तरोन्नती गरिनेछ , 

८. पालुङ्टार–निवारे–भण्डारथोक–मुगे–कुडुले हुँदै बुद्धसिंहटारसम्मको दुधपोखरी सडकमार्गलाई अगाडि बढाइने छ ।

९. फिनामटार–जौवारी–चैनपुर–भच्चेक सडक कालोपत्रे कार्यलाई पूर्णता दिइने छ ।

१०.  सिउरेनीटारदेखि दरौँदी रामशाहघाट हुँदै पालुङ्टारसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्न विशेष पहल गरिनेछ ।

११. सिरानडाँडा–निम्चेपोखरी–दुधपोखरी–नागेपोखरी–नारदपोखरीको वृहत् पर्यटन पदमार्ग निर्माण गरिने छ। 

१२. आँबुखैरेनी–गोरखा सदरमुकामसम्म जोड्ने सडकको मापदण्ड सम्बन्धी समस्यालाई प्राविधिक र वैज्ञानिक ढंगले  हल गरिनेछ 

१३. पालुङटार नगरपालिकामा पर्यटन, कृषि, जडिबुटीको संकलन प्रशोधन केन्द्र स्थापना गर्नुका साथै स्थानीय आवश्यकताअनुसारको मानवीय स्रोत विकास गर्न बहुप्राविधिक शिक्षालय स्थापना गरिने छ । यस संस्थाले प्रशोधन, अनुसन्धान र मानवीय स्रोतको विकास गर्नेछ। 

१४. सामुदायिक विद्यालयको मर्जिङको प्रक्रियाले विद्याले फेरि टाढा पुगेका छन् । स्थानीय आवश्यकतालाई मध्यनजर गरी यो वर्षमा तीन वटा सुविधासम्पन्न गुणस्तरीय आवासीय विद्यालयमा रुपान्तरित गरिनेछ । यस्ता विद्यालयमा दलित, जनजाति, क्षेत्रीय उत्पीडनमा रहेका, एकल महिला, कमजोर वर्गीय धरातलका समुदायलाई विशेष प्राथमिकता दिइने छ । 

१५. सामुदायिक विद्यालयमा खेलकुद, विद्यार्थीको सांस्कृतिक (ललितकला, नाच–गान) क्षमता अभिवृद्धिका लागि घुम्तीविज्ञ शिक्षकको नियुक्ति गर्न पहल गरिनेछ। यस्ता शिक्षकले प्रत्येक विद्यालयमा गएर विशेष शिक्षा प्रदान गर्नेछन् । 

१६. संघीय, प्रादेशिक र स्थानीय सरकारको साझेदारीमा सामुदायिक विद्यालयहरुलाई गाडीको प्रबन्ध गर्न पहल गरिने छ, जसले गर्दा विद्यार्थीलाई विद्यालय टाढा हुने छैन। 

१७. विद्यालय तथा अभिभावकबीच समन्वय गर्न तथा वडा तहमा विद्यार्थीहरुको शैक्षिक वातावरण उकास्नका लागि सबै वडामा सामुदायिक स्वयंसेवी शिक्षकको व्यवस्था गरिनेछ । 

१८. जिल्ला सदरमुकाममा रहेको गोरखा क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिँदै प्राविधिक शिक्षाको रुपमा इन्जिनियरिङ विषय  थप गर्न पहल गरिनेछ । त्यसैगरी जिल्लाभित्रका सबै क्याम्पसहरुको भौतिक तथा शैक्षिक विकासमा जोड गरिनेछ । 

१९. नेपाल सरकारले घोषणा गरिसकेको किसान पेन्सनको व्यवहारिक कार्यान्वयनद्वारा गोरखाका किसानहरुलाई ठोस लाभ पुर्याउन पहल गरिनेछ ।

२०. किसान पहिचान र वर्गीकरण गरी साना र मध्यम किसानलाई अनुदानका माध्यमबाट स्थानीय उत्पादन बढाउन प्रोत्साहन गरिने छ ।

२१. मल, बीउ, खाद्य उत्पादनमा राज्यका तर्फबाट अनुदानको व्यवस्थ गर्दै किसानको उत्पादनका लागि आवश्यक बजारीकरणको प्रबन्ध गरिनेछ । 

२२. पालुङटारर्ला चिची, उखु र बदामको विशेष क्षेत्र निर्माण गरी संकलन प्रशोधनका लागि पहल गरिनेछ ।

२३. सहकारी क्षेत्रलाई पुनसंरचना गरी कृषि सेवा एमव् प्रविधि किसानको माझ पुर्याउन र बजारीकरणमा संलग्न गराई रोजगारी सिर्जना गरिनेछ। 

२४. आधारभूत स्वास्थ्य सेवा पालिकास्तरमै प्राप्त गर्न पालिकास्तरीय स्वास्थ्य केन्द्रको मानवीय स्रोत, भौतिक पूर्वाधार, आवश्यक औजार र प्रयोगशालाको स्तरोन्नती गरिनेछ ।

२५. सामुदायिक स्वास्थ्य इकाइहरुको सबलीकरण गरी नागरिकलाई टोलटोलमा स्वास्थ्यसेवा उपलब्ध गराइनेछ। 

२६. ज्येष्ठ नागरिक र अशक्तलाई सामुदायिक स्वास्थ्य इकाइमार्फत घरदैलोमै स्वास्थ्यसेवा उपलब्ध गराइने छ ।

२७. सिरानचोक गाउँपालिकामा आयुर्वेद अनुसन्धान तालिम केन्द्र र अस्पताल स्थापना गरिनेछ । 
२८. गोरखा अस्पताल, आँपपिपल अस्पताल लगायत स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीमा जोड गरी स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्याइने छ ।

२९. जिल्लामा विज्ञान र प्रविधिको क्षेत्रमा सूचना सञ्चारमा भएको क्रान्तिलाई आत्मसात् गर्दै गोरखाको सञ्चार क्षेत्रको विकासमा जोड दिइने छ ।

३०. अहिलेको विज्ञान र प्रविधिको क्षेत्रमा सूचना सञ्चारमा भएको क्रान्तिलाई आत्मसात् गर्दै गोरखाको सञ्चार क्षेत्रको विकासमा जोड दिइने छ ।

३१. गोरखा जिल्लामा  सञ्चार क्षेत्र तथा सञ्चारकर्मीको विकासका लागि मिडिया सेन्टरको स्थापना गरिने छ। 

३२. अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानजनक जीवनापनको वातावरण निर्माण गर्न पहल    गरिनेछ ।

३३. जिल्लामा रहेका ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र विकासमा विशेष जोड दिइनेछ। 

३४. भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी समग्र जनताको हित र सेवामा समर्पित हुन र गराउन विशेष पहल गरिनेछ। 

३५. जनयुद्ध तथा जनआन्दोलनका सहीद परिवार, बेपत्ता परिवार र घाइते अपाङ्गहरुको समस्या समाधान, सबै द्वन्द्वपीडितहरुलाई न्याय, सम्मान र परिपूरणका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका काम पूरा गर्न विशेष पहल गरिने छ। 

३६. गोरखामा अवस्थित स्थानीय ज्ञान, सीप, प्रविधिमा आधारित हस्तकलाको स्तरोन्नती गर्दै व्यवसायीकरणमा जोड दिइनेछ। उपयुक्त एक गाउँलाई हस्तकलाग्राम निर्माण गरी नमुना ग्रामको रुपमा व्यवस्थित योजना अगाडि सारिनेछ। 

३७. गोरखा जिल्लाको सन्दर्भमा दलित, मुस्लिम, कुसुन्डा, बराम, कुमाल, चेपाङ, दर्राइ, भोटे, लामा लगायतका उत्पीडित समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिइनेछ। । 

३८. दलितमाथि हुने छुवाछुत अन्त्यका लागि वडा तहमा छुवाछुत तथा विभेद नियन्त्रण सेल र महिलामाथि हुने हिंसाविरुद्ध पालिका तहमा महिला सहायता सेलको स्थापना गरिनेछ। 

३९. एक घर एक धारा खानेपानीको लक्ष्यसहित गोरखावासीहरुमा स्वच्छ खानेपानी पुर्याइनेछ। 

४०. मस्र्याङ्दी र दरौदी नदी आसपासका क्षेत्रहरु समेटेर बृहत्तर कृषि योजना अघि बढाइने छ। दरौँदी नदी नियन्त्रणलाई व्यवस्थित गरिनेछ। 

४१. गोरखा सदरमुकामलाई जोड्ने गरी संघीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा नगरबस सञ्चालन गर्न पहल गरिने छ, नगर बसले सस्तोमा गुणस्तरीय सेवा प्रदान गर्नेछ। 

४२. पालिकास्तरसम्म आवश्यक पूर्वाधारसहित खेलकुद क्षेत्रको योजनावद्ध विकासमा जोड दिइने छ। 

४३. विगतमा नै सुरुवात भई निरन्तर अघि बढिरहेका विभिन्न ठूला तथा साना योजनालाई प्रभावकारी ढंग्ले सम्पन्न गर्न ठोस पहल अघि बढाइने छ। 

४४. साहित्य, कला र संस्कृतिको विकासका लागि योजनावद्ध पहल गरिने छ। 

४५ स्थानीय जनसमुदायसँग छलफल गर्दै आवश्यकताअनुसार अन्य योजनाहरु अघि बढाइने छ। 

प्रतिक्रिया