आश्वासनको मौसम

आश्वासनको माैसम

वर्षा र हिउँद जस्तो

हरेक साल आउँदैन

आश्वासनको माैसम ।

भर्खरै जन्मेको शिशु

स्कूल जाने भएपछि

बल्ल आउँछ टुप्लुक्क

साँझको अतिथिजस्तो

तर तिथि तोकेर आउँछ ।

जन्ती लिएर आउँछ

घरघरमा पोको बाँड्छ

सुन्दर सपना बाँड्छ

केटाकेटीलाई मिठाइ बाँड्छ

बाआमाको गोडा ढोक्छ

नानीहरूलाई अँगालो हाल्छ।

आश्वासनको माैसम

फेरि आएको छ गाउँ - शहरमा

जताततै दाैडिन्छ टोल र शहरमा।

कसैको सुखमा कसैको दुःखमा

खाँचो टार्न सक्दैन सधैंसधै नानीहरुलाई

यति हुँदा पनि गर्वोन्मत्त छाैँ ।

.कम्तिमा हामीले

पाइरहेका छाैँ आश्वासन

त्यसमैँ रमाउन अभ्यस्त भयाैँ

केही नपाए पनि नक्कली बाचा सुनेर

प्रशन्न छाैँ हामी ।

प्रतिक्रिया