राप्रपाको घोषणा पत्र: 'राष्ट्रपति होइन अभिभावकीय राजसंस्था'

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आउँदो निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रपतीय प्रणाली हटाएर अभिभावीयक भूमिकामा राजसंस्था रहनुपर्ने अडान दोहोर्याएको छ।

आज काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शासकीय व्यवस्थालाई आत्मसाथ गरेको उल्लेख गरेको छ। राप्रपाले प्रदेश संरचना खारेज गर्ने तर, प्रदेश खारेज गरे पनि केन्द्र र स्थानीय तहलाई भने बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने प्रस्ताव गरेको छ। 

हिन्दु राष्ट्र कायम गर्नुपर्ने र पूर्ण समानुपातिक संसद बनाउनुपर्ने प्रस्ताव गरेको राप्रपाले उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने आफ्नो घोषणापत्रमा समेटेको छ। 

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने र उक्त दिन सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ। 

एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउनुपर्ने विषयलाई पनि राप्रपाले घोषणापत्रमा स्पष्ट लेखेको छ। 

राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले अभिभावकीय भूमिकाको राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन्। 

प्रतिक्रिया