बस दुर्घटनामा पाँच जनाको मृत्यु, २५ घाइते


मध्यविन्दु, १३ कात्तिक : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा  दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।  सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।  दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।(रासस)

प्रतिक्रिया