महोत्तरीको भङ्गाहामा कर्फ्यु


 जलेश्वर, १० कात्तिक : महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच आज दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कफ्र्यू लगाइएको छ ।
    जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म आज अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू लगाइएको जनाइएको छ । 

सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, ¥याली, सभा गर्न नपाउने तथा  थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ । (रासस)

प्रतिक्रिया