राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल– तिब्बत सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र सिन्धुपाल्चोकको तिब्बतीय सीमा क्षेत्रमा केन्द्रबिन्दु भएको भूकम्प गएको छ ।
भूकम्पले पारेको क्षतिका बारेमा भने अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।
उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौँ र धादिङलगायतका स्थानमा महसुस गरिएको थियो ।
प्रतिक्रिया