के हो ‘भोकको भाइरस’ ? 


विराटनगर । कोरोना भाइरस त सबैलाई थाहा छ । तर, यो ‘भोकको भाइरस’ चाहिँ के हो, जुन अचेल काठमाडौंदेखि सिक्कीमसम्म चर्चित छ ? 

हजूर, ‘भोकको भाइरस’ सिक्किमकी चर्चित कवि जीविका ‘अश्रुद्वारा लिखित कविता संग्रह हो, जुन विराटनगरमा विमोचन भएको छ । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा यो कृति विमोचन गरियो ।

प्रमुख अतिथि साहित्यकार सरला चापागाईं, विशिस्ट अतिथि सीमा आभाष, चित्रकार समाजसेवी निवास पोखरेल, सभाका सभापति रामबाबु दाहाल र  आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेलगायत साथै अन्य अतिथि हातबाट  संयुक्त रुपमा किताब विमोचन भएको थियो।

धरानका कवि समालोचक कृष्ण खत्याडीले कवि परिचयसहित कविता वाचन गरे भने भवानी प्रसाद पोखरेलले कविको परिचय दिएका थिए ।विमोचित कृतिका विषयमा डा. विशालबाबु बस्नेत र डा. लक्ष्मण खनालले समीक्षा गरे । संग्रहमा विभिन्न शीर्षकका ४५ वटा कविता संग्रहित छन् ।

bhok ko

सोही अवसरमा आयोजित सिर्जना वाचनमा कवि सुमन पोखरेल, युवा कवि प्रल्हाद यात्री, रविन गुरागाई पसीमा आभास, भरत गुरागाईं, मीनकुमार नवोदित, चूडामणि नेपाल ‘अकिञ्चन’, शुभलक्ष्मी लम्साल, रोहिणी रसिक, हेमन्त निरौला, लक्ष्मी स्मृति, जमुना पौडेल, सविना श्रेष्ठ, अम्विका खरेल, सुमन गुरागाईं, शारदा कार्की, राधा भट्टराई, भवानी पोखरेल, लक्ष्मी स्मृति, अजिता प्रधान, मञ्जु घिमिरे दाहाल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दाच बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । 

सहकारीले विगत साढे दुई वर्षदेखि हरेक महिनाको दोस्रो शुक्रबार सिर्जना वाचन गर्दै आएको छ । शुक्रबार ३० औं शृंखला सम्पन्न भएको हो । 
 

प्रतिक्रिया