दश प्रतिशत स्रोत उपयोग गरेर नेपालको मुहार बदल्न सकिने चौधरीको दावी

काठमाडौं। आगामी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद चौधरीले रोजगारीका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति चौधरीले शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका छन्।

नवलपरासी पश्चिमबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका चौधरीले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताए। उनले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा र शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए।

चौधरीले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताए। उनले आफूलाई धन सम्पतीको कुनै खाँचो नरहेको सुनाउँदै जनताको प्रतिनिधि भएकाले आफू विकासका लागि राजनीति गर्न निर्वाचनको मैदानमा उत्रिएको बताए। 

चौधरीको भनाईमा यसअघि बहुमतको सरकार आएपनि विकासको नाममा कसैले सिन्को समेत भाँचेनन्। नेपाल प्राकृतिक सम्दाले सम्पन्न भएकाले यसको दश प्रतिशत मात्र उपयोग हुन सक्योभने देशको मुहार बदल्न सकिने नेता चौधरीको भनाई छ।
 

प्रतिक्रिया