नेपालका हितैसी मुलायम सिंहको निधन

काठमाडौं। समाजवादी पार्टीका संरक्षक मुलायम सिंह यादवको सोमबार बिहान निधन भएको छ। उनी ८२ वर्षका थिए। युरिन इन्फेक्सनका कारण २६ सेप्टेम्बरमा उनलाई गुरुग्रामको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो। 

अखिलेश यादवले समाजवादी पार्टीको ट्वीटरमार्फत मुलायमको निधनको जानकारी दिए। 

मुलायमलाई २ अक्टुबरमा अक्सिजन लेभल कम भएपछि आइसीयूमा भर्ना गरिएको थियो। उनी लामो समयदेखि ब्लड प्रेसरको बिरामी थिए। स्थितिमा केही सुधार देखिएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। 

२२ नोभेम्बर १९३९ मा उत्तर प्रदेशको सेफईमा जन्मिएका मुलायमको निधनलाई लिएर भारतीय नेताहरूले दुःख प्रकट गरेका छन्। उनी विगत २ वर्षदेखि बिरामी थिए। उनलाई किड्नीको पनि समस्या थियो। 

मुलायम तीन पल्ट युपीको मुख्यमन्त्री बनेका थिए। उनी ७ पल्ट सांसद पनि बने। ५५ वर्ष राजनीतिमा सक्रिय मुलायम सन् १९६७ मा २८ वर्षको उमेरमा जसवन्तनगरबाट पहिलो पल्ट सांसद भएका थिए। उनी परिवारको पहिलो राजनीतिककर्मी हुन्। उनी १९८९ मा पहिलो पल्ट युपीको मुख्यमन्त्री भएका थिए। उनले एचडी देवेगौडा र आइके गुजराल प्रधानमन्त्री हुँदा केन्द्र सरकारमा रक्षा मन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए। 

नेताजीको नामले चर्चित उनको नेपालसँग विशेष सम्बन्ध थियो। 

प्रतिक्रिया