आशा पारेखलाई ‘दादा साहेब फाल्के’ अवार्ड

काठमाडौं। बलिउड अभिनेत्री आशा पारेख यस वर्षको ६८ औं दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएकी छिन। २ दिनअघि ८० वर्षमा टेकेकी पारेखले याे अवार्ड आफ्नो जीवनको अविस्मरणीय उपहार भएकाे बताएकी छिन। 

उनलाई एक कार्यक्रमका बीच राष्ट्रपति द्राैपदी मुर्मूले सम्मानित गरिन्। पारेखकाे जन्म मुम्बई महाराष्ट्रमा भएकाे थियो। १० वर्षकाे उमेरदेखि नै अभिनयमा प्रवेश गरेकी पारेखले ९५ वटा फिल्ममा अभिनय गरिन्। उनकाे अन्तिम फिल्म सन् १९९९ मा रिलिज भएकाे थियो। उनले ‘सर आँखो पर’ मा अभिनय गरेकी थिइन। 

पारेखले ११ पल्ट लाइफटाइम अचिभमेन्ट अवार्ड जितिसकेकी छिन। उनलाई भारत सरकारले १९९२ मा पद्मश्रीबाट सम्मानित गरेकाे थियो। हाल उनी डान्स एकेडेमी ‘कारा भवन’ सञ्चालन गरिरहेकी छिन। उनकाे मुम्बईस्थित सान्ता क्रुजमा ‘बीसीजे अस्पताल एण्ड आशा पारेख रिसर्च सेन्टर’ पनि छ।

 

 

प्रतिक्रिया