राेहितले बनाए धेरै छ्क्का हान्ने कीर्तिमान

काठमाडौं। भारतीय क्रिकेट टाेलीका कप्तान राेहित शर्माले टि–२० मा छक्का हान्ने नयाँ कीर्तिमान बनाएका छन्। उनले न्युजिल्याण्डका मार्टिन गुप्पटेलकाे कीर्तिमानलाई भंग गर्दै आफूलाई अगाडि राखेका हुन्। 

३५ वर्षीय राेहितले शुक्रबार अष्ट्रेलियाविरुद्धकाे खेलमा २० बलमा ४६ रन बनाउने क्रममा ४ छक्का प्रहार गरेका थिए। उनले टि–२० मा १ सय ७५ छक्का प्रहार गरेका छन्। उनले पहिलाे छक्का प्रहार गरेपछि गुप्टिलकाे १ सय ७२ छक्काकाे कीर्तिमान भंग गरेका हुन्। भारतले याे खेल ६ विकेटले जितेकाे छ। भारतले अष्ट्रेलियालाई ५ वर्षपछि हराएको हाे। उसले सन् २०१७ मा राँचीमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेकाे थियो।

अष्ट्रलियाले पहिलाे खेलमा भारतलाई ४ विकेटले पराजित गरेकाे थिया। अष्ट्रेलियाले पहिलाे इनिङमा ५ विकेटकाे क्षतिमा बनाएकाे ९० रनलाई भारतले ४ विकेट गुमाउँदै पुरा गर्यो। वर्षाले खेल प्रभावित भएपछि ८ ओभरमा झारिएकाे थियो। भारतले ४ बल बाँकी हुँदा जित हात पारेकाे थियो।शृंखला १–१ मा पुगेकाे छ। 

 

 

 

 

प्रतिक्रिया