सचिनकाे मनका कुरा: ३५ वर्षअघि आउट हुँदा रुँदै पवेलियन फर्किएँ

नयाँ दिल्ली। भारतीय क्रिकेटमा चर्चित ब्याट्सम्यान सचिन तेन्दुलकर हिजाेआज साेसल मिडियामा निकै सक्रिय छन्। उनले हालै एउटा घटना बताएका छन्। जाे यतिबेला चर्चाको विषय बनेकाे छ । भारतका लागि १६ वर्ष ८ महिनामा क्रिकेटमा डेब्यु गरेका सचिनले २४ वर्ष देशका लागि खेले। यस अवधिमा उनले क्रिकेटकाे सबै कीर्तिमान भंग गरे। उनले ३५ वर्षअघि आफू आउट भएकाे एउटा घटनालाई राेचकढंगले प्रस्तुत गरेका छन्। 

पूणेकाे पीवाइसी जिमखाना मैदानमा उभिएर उनले सन् १९८६ मा युथ–१५ काे एउटा प्रतियोगिता खेल्दाकाे घटनालाई स्मरण गरेका छन्। जुन प्रतियोगितामा उनी ४ रन बनाएर आउट भएका थिए। उनी त्यतिबेला रुदै पवेलियन फर्किएका थिए। उनले त्यतिबेला आफ्नो दिमागमा भएकाे कुरा समर्थकहरुलाई बताउँदै भनेका छन्, ‘त्यति बेला म नन स्ट्राइकर इन्डमा उभिएकाे थिए। ब्याटिङ राहुल गणपुलेले गरिरहेका थिए। उनी मभन्दा अढाई वर्ष जेठा थिए र मभन्दा तिब्र दौडिन्थे पनि। उनले अफ ड्राइभमा सर्ट हानेपछि मलाई तीन रन लिन उकासेका थिए। म त्यति दौडिन सक्दिन्थे। उनले कर गरेपछि म ४ रन बनाएर रनआउट भए।’

उनले त्यही मैदानमा उभिएर भने, ‘म क्रिजबाट रुदै पवेलियन फर्किए। मेराे आशु नथामिएपछि मुम्बई टिमका मेनेजर अब्दुल इस्माइलले सम्झाउनु भएकाे थियो। टिममा वासु परान्जपे र मिलिन्द रेगे जस्ता सिनियर खेलाडी पनि थिए। उनीहरु सबैले मिलेर सम्झाए। उनीहरुले अगाडि धेरै खेल खेल्नु छ ,त्यही धेरै रन बनाउनु भन्दै थमथमाए।’

उनले ३५ वर्षपछि आफू त्यही मैदानमा आएकाे बताए। र भने, ‘म अलि भावुक पनि भएको छु।’

 

 

प्रतिक्रिया