बाबरले टि–२० मा ताेडे विराटकाे सर्वाधिक रनको कीर्तिमान

काठमाडौं। पाकिस्तानका टि–२० कप्तान बाबर आजमले नयाँ कीर्तिमान बनाएका छन्। उनले इङ्ल्याण्डविरुद्ध दाेस्राे खेलमा १ सय १० रनकाे सतकीय इनिङ खेलेपछि पाकिस्तान १० विकेटले विजयी भयाे। पहिलाे खेल ६ विकेटले गुमाएकाे पाकिस्तानले श्रृंखला १–१ काे बराबरी गरेकाे छ। २ सय रनकाे लक्ष्य पछ्याउने क्रममा उनले माेहम्मद रिजवानसँग मिलेर २ सय ३ रनकाे साझेदारी गरे। जुन प्रारम्भिक जाेडीकाे रुपमा विश्व कीर्तिमान थियो। याे टि–२० काे सबैभन्दा ठूलाे ओपनिङ साझेदारी हाे। 

बाबर भारतीय कप्तान राेहित शर्मा र स्विट्जरल्याण्डका फहिम नाजिरकाे क्लबमा पनि समावेश भएका छन्। उनले कप्तानकाे रुपमा टि–२० मा लगातार दाेस्राे सतक पुरा गरे। यसअघि राेहित र फहिमले मात्र याे कीर्तिमान बनाएका थिए। 

यस्तै उनी विराट काेहलीकाे टि–२० मा सर्वाधिक रन बनाउने कीर्तिमानलाई पछाडि छाेड्न सफल भएका छन्। उनले २ सय १८ इनिङमा ८ हजार रन पुरा गरेका छन्। विराटले २ सय ४३ इनिङमा याे पुरा गरेका थिए। उनी पाकिस्तानकाे सर्वाधिक सतक बनाउने कप्तान पनि बनेका छन्।  यसअघि इन्जमाम उल हकले कप्तानकाे रुपमा ९ सतक बनाएका थिए। उनकाे नाममा १० सतक पुगेकाे छ। 

 

 

प्रतिक्रिया