सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईको भर्ना खुल्यो

काठमाडौं। सशस्त्र प्रहरीका लागि इन्सपेक्टर र असई पदमा भर्ना खुलेकाे छ। शुक्रबार सार्वजनिक सूचना अनुसार सशस्त्र प्रहरी बलले ७८ जना इन्सपेक्टर र ८३ जना असई माग गरेको हो। 

७१ प्रहरी निरीक्षक (साधारण उपसमूह), ७ निरीक्षक (कानुनतर्फ) र ८३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको छ।  ७ कात्तिक भित्र २५ वर्ष नकटेका र स्नातक वा साे सरहको योग्यता भएका नेपाली नागरिकले साधारण उपसमूह र कानुनतर्फ आवेदन दिन सक्नेछन्।साधारण उपसमूहतर्फको उमेर २३ वर्ष नकटेको र प्रमाणपत्र वा प्लस टु गरेकाे हुनुपर्ने छ।   

प्रतिक्रिया