आरएसएस प्रमुख भागवत मस्जिदमा

काठमाडौं। राष्ट्रिय स्वयम सेवक संघका प्रमुख माेहन भागवन पहिलो पल्ट मस्जिदमा गएका छन्। उनी अल इन्डिया इमामकाे अर्गनाइजेशनकाे अफिस पुगेका थिए। कस्तुरबा गान्धी मार्गमा बनेको मस्जिदको बन्द काेठामा भागवतले करिब १ घण्टा इमाम प्रमुख डा‍ उमर अहमद इलियासीसँग भेटघाट गरे। 

कुनै मुस्लिम धार्मिक संगठनको प्रमुखलाई आरएसएस प्रमुखले मस्जिदमा गएर भेटेको यो पहिलाे घटना हो। इलियासीले आफ्नो निम्तो स्विकार गर्दै बिहीबार भागवत मस्जिद आएकाेमा खुसी व्यक्त गरे। 

उनले माेहन भागवतलाई राष्ट्र ऋषिको उपमा पनि दिए। उनले भागवतलाई राष्ट्रपिता पनि भने। उनले प्रेमकाे सन्देश लिएर आफू कहाँ आएकाे जानकारी दिए।

अल इन्डिया इमाम अर्गनाइजेशनमा देशभरी ५ लाख इमाम आबद्ध छन्। संगठनकाे स्थापना १९७६ मा भएको थियो। संगठन हजरत माैलाना उमर अहमद इलियासीले स्थापना गरेका थिए। 

 

 

 

 

 

 

प्रतिक्रिया