अपडेट: गोठाटारमा गोली लागेका मोहम्मदको मृत्यु


काठमाडौँ, ३ असोज: काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ ।

    सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई आज साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो ।

    गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ ।

काठमाडौँ, ३ असोज : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली चलेको छ ।

केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो । घाइतेको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले बताउनुभयो ।

घटना बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ ।(रासस)

प्रतिक्रिया