वर्षमान पुनलाई थप उपचारका लागि चीन लगियो


काठमाडौँ । बैंककमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । 

‘मकालुखबर’का अनुसार पूर्व मन्त्री पुनलाई शुक्रबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।  

विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा पुनको उपचार चलिरहेको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार नदेखिएपछि त्यहाँका चिकित्सकहरूले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका हुन् । 

नेपालबाट बैंकक जाँदा जन्डिस (बिलरुविन)को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जन्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लगिएको हो ।
नेता पुनसँगै पत्नी ओनसरी घर्ती र छोरी शिला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरू शुक्रबार नै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने बताइएको छ । 
 

प्रतिक्रिया