भारतका अडाणी बने विश्वको दोस्रो धनी व्यापारी

नयाँ दिल्ली। भारतका अर्बपति गाैतम अडाणी विश्वको दोस्रो धनी व्यापारी बन्न पुगेका छन्। फोर्ब्सको रियल टाइम बिलेनियर्स सूचीमा उनले फ्रान्सका बर्नार्ड अरनोल्टलाई पछि पार्दै यो स्थान हात पारेका छन्। 

अडाणीको अहिलेको कूल नेटवर्थ १५४ दशमलव ७ अर्ब डलर पुगेको छ। पहिलो पल्ट एशियाको कुनै व्यक्ति विश्वको दोस्रो धनी व्यक्तिमा समावेश भएको हो। 

अडाणीभन्दा अगाडि अब एलन मस्क मात्र छैन। टेस्लाका संस्थापक मस्कको २७३ दशमलव ५ अर्ब डलरको नेटवर्थ छ। बर्नार्ड तेस्रो स्थानमा झरेका छन्। उनीसँग १५३ दशमलव ८ अर्ब डलरको नेटवर्थ छ। जेफ बेजोस १४९ दशमलव ७ अर्ब डलरका साथ चौथाे नम्बरमा छ। 

अडाणीसँगै रिलायन्स समूहका अध्यक्ष मुकेश अम्बानी पनि टप–१० मा समावेश छन्। उनी शीर्ष १० मा प्रवेश गर्ने दोस्रो भारतीय व्यापारी हुन्। उनको कूल नेटवर्थ ९२ दशमलव १ अर्ब डलर छ। उनी आठौं स्थानमा छन्। 

 

 

प्रतिक्रिया