जनस्वास्थ्यविद् एवं अनुसन्धाता डा.रमेश आचार्यले अझै दुई महिनासम्म काठमाडौं उपत्यका र नेपालभर डेंगु संक्रमणको उच्च जोखिम रहेको बताएका छन् । अहिलेसम्म मुलुकभर डेंगु संक्रमण भएका ७ हजार बिरामीको पहिचान भइसकेको र आउँदा केही हप्तासम्म यो संख्या बढ्ने उनको भनाइ छ । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनको धारणा छ । डा. आचार्य चीनको थोङ्ची अस्पताल, उहानमा कार्यरत छन् ।

‘पानीको ट्यांकी र ओसिलो ठाउँमा लामखुट्टेले बासस्थान बनाउँछ, यस्ता ठाउँमा लामखुट्टेले टोक्ने र रोगको संक्रमण फैलने सम्भावना बढी हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ,’ भाइरोलोजिस्टसमेत रहेका डा। आचार्यले भने । काठमाडौं उपत्यकामा समयमै फोहोर उठ्न नसक्दा यसले डेंगु संक्रमण बढेको उनको भनाइ छ ।

उनका अनुसार डेंगु लागेपछि बिरामीमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जिउ दुख्ने आदि लक्षण देखिन्छ । डेंगुमा कोभिडजस्तो स्वाद हराउने समस्या भने आउँदैन । डेंगु लागेपछि ज्वरो आएको छ भने बिरामीलाई सिटामोल दिन मिल्ने र फ्लेक्सन, बुफ्रिनका साथै एन्टिबायोटिक्स दिन नमिल्ने उनको धारणा छ ।

उपत्यकालगायत मुलुकभर डेंगु संक्रमण, यसको उपचार विधि, भ्याक्सिन र अपनाउनुपर्ने सतर्कताबारे डा। आचार्यसँग दृश्य टिभीले गरेको कुराकानी |

 

प्रतिक्रिया