अमेरिकामा बच्चा हुर्काउन महंगो

काठमाडौं। अमेरिकामा शिशुको पालनपोषण महंगो भएको छ। ब्रुकिङ्स इन्स्टिच्युटको एउटा अध्ययनले एउटा शिशुको पालनपोषणमा करिब ८ लाख अमेरिकी डलर (१० करोड २८ लाख ८० हजार खर्च हुने बताइएको छ। 

यो रकममा कलेजको अध्ययनमा लाग्ने शुल्क घटाउदा पनि एउटा शिशुको पालनपोषणमा ३ लाख १० हजार डलरको खर्च देखिएको छ। 

सन् २०१७ को तुलनामा महंगी ६४ लाखले बढेको अध्ययनमा पाइएको छ। अमेरिकामा एउटा शिशु १७ वर्ष पुगेपछि बालिक हुन्छ।

यो तथ्यांक मध्यम आय भएको परिवारको आमा–बुवाबाट उतारिएको हो। अमेरिकामा साधारणतय कलेजको अध्ययन ४ वर्षको हुन्छ। यसका लागि एउटा परिवारले ५ लाख डलर खर्च गरिरहेको हुन्छ। 

एउटा शिशुलाई कलेजमा अध्यापन नगराउने हो भने ५ लाख डलर जोगिन्छ। सन् २०२१ को अमेरिकी जनगणनाको रिपोर्ट अनुसार २०२० मा औसत घरेलु आय ६७ हजार ५ सय २१ निकालिएको थियो, जुन २०१९ को औसत आयभन्दा २ लाख रुपैयाँले कमि आएको छ। 

अमेरिकामा २०२० मा गरिबी ११ दशमलव ४ प्रतिशत बढेको थियो, जुन २०१९ को अनुपातमा १ प्रतिशतले बृद्धि भएको हो। बढ्दो महंगीका कारण मानिसहरू बच्चा जन्माउन चाहिरहेका छैनन्। 

 
 

प्रतिक्रिया