भारतीय सेनाध्यक्ष पांडे मनार्थ महारथीको दर्जा लिन नेपाल आउँदै

काठमाडौं। नेपाली सेनाको मानार्थ महारथीको दर्जा लिन भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आइतबार नेपाल आउँदै छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दज्र्यानी चिन्ह प्रदान गर्ने छिन्। नेपाल सरकारले भारतको स्थल सेनाध्यक्षलाई महारथीको मानार्थ पद्वी दिने चलन छ। भारतले पनि नेपालको सेनाध्यक्षलाई यस्तै पद्वी दिने चलन छ। 

भारतीय स्थल सेनाध्यक्ष पांडे प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका हुन्। पाँचदिने नेपाल भ्रमणमा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन्। 

नेपाल बसाईंका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल गर्ने छन्। यस अवसरमा भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण हुनेछ। 

प्रतिक्रिया