जिम्बाबेमा बैंक प्रति घट्दो विश्वास, पशुमा लगानी बढ्यो

हरारे। जिम्बाबेको अर्थव्यवस्था दयनीय बन्दै गएपछि स्थानीयवासीमा बैंक प्रतिको विश्वास उठ्दै गएको छ। अहिले यहाँको जनताहरू बैंकमा पैसा जम्मा गराउने भन्दा गाई तथा भैसीमा रकम निवेश गर्न थालेका छन्। 

अर्थव्यवस्थाका जानकारहरू यस्तो अवस्था आउनुमा महंगी प्रमुख कारण मान्छन्। पछिल्लो दिन यहाँ महंगी आकाशिएको छ। विगत २० वर्षदेखि बैंकमा जम्मा गरेको पूँजी तथा पेन्सन महंगीका कारण मानिसहरू गुमाउने अवस्थामा पुगेका छन्। 

गत जुनमा यहाँ महंगी १९२ प्रतिशत थियो। बैंकमा पैसा जम्मा गराउँदा आफ्नो पूँजीको मूल्यांकन घटेको उनीहरूको धारणा छ। त्यसैले मानिसहरूको बैंकप्रति विश्वास गुम्दै गएको हो। 

मानिसहरू आफ्नो लगानी सुरक्षित राख्न विभिन्न उपायको खोजी गरिरहेका छन्। यसै अन्तर्गत उनीहरूले पशुमा लगानी गरिरहेका छन् र यसले फाइदा पनि पुगेको देखिन्छ। 

जानकारहरू यसलाई सुनभन्दा राम्रो विकल्प मान्छन्। केही समयअघि सरकारले यहाँ सुनको सिक्का सार्वजनिक गरेको थियो। तर, मानिसहरूमा सुनको सिक्का खरिदमा कुनै रुची देखिएन। जिम्बाबेको जीडीपीमा पशुको भागेदारी ३५ देखि ३८ प्रतिशत देखिन्छ।

दक्षिण अफ्रिकाको यो देशमा मानिसहरू आफ्नो जम्मा पूँजीलाई बढाउन पशुमा लगानी गर्ने परम्परा पुरानो हो। 

सिल्भर बैंक एसेट म्यानेजर्सका मुख्य कार्यकारी अधिकारी हुन्, टेड एडवर्ड्स। सबैले उनको कम्पनीलाई गाई–भैसीले आवाज निकाल्ने ‘बाँ’ बैंक भनेर पनि मजाकमा उडाउँछन्।  एडवर्ड्स भन्छन्, ‘गाई केही मानिसका लागि सुरक्षित विकल्प हो।’

एडवर्ड्सले कम्पनीको एउटा युनिटलाई ट्रस्ट इन्भेस्टमेन्ट फण्ड बनाएका छन्। स्थानीय मुद्राको प्रयोग गर्दै गाईको इन्भेस्टमेन्ट फण्डमा मानिसहरू लगानी गरिरहेका छन्। तर, पशुमा हुने लगानी पनि जोखिममा भएको मान्नेहरूको पनि कमि छैन। बैंकमा राखिएको पैसा मुद्रास्फितिका कारण बेकार हुन सक्छ। त्यस्तै खेतमा सुख्खा बढेको खण्डमा बिरामी फैलिने डर रहन्छ भने पशुमा गरिएको लगानी पनि जोखिममा हुने खतरा बढ्ने छ। 
 

प्रतिक्रिया