किशोर कुमारको घरमा विराट कोहलीले रेस्टुरान्ट खोल्ने

दिल्ली। भारतीय क्रिकेट स्टार विराट कोहलीले भारतका महान गायक तथा कलाकार किशोर कुमारको मुम्बईस्थित जुहु बंगलामा नयाँ रेस्टुरान्ट खोल्ने भएका छन्। 

इ–टाइम्स अनलाइनका अनुसार विराट उच्चस्तरीय रेस्टुरान्ट खोल्ने तयारीमा छन्। जसको काम लगभग पुरा भइसकेको छ।

किशोर कुमारका छोरा अमित कुमारले पनि यो खबरको पुष्टी गरेका छन्। उनले भने, ‘केही महिनाअघि सुमित (किशोरका अर्का छोरा, जो लिना चन्दावरकरबाट जन्मिएका थिए) सँग विराटको भेटघाट भएको थियो। यही सम्झौंता भएको थियो। ५ वर्षका लागि विराटले घर लिजमा लिएका छन्।’

किशोर कुमारको बंगला ‘गौरी कुञ्ज’ मुम्बईको जुहु तारा रोडमा छ। उनी जिवित हुँदा यही बसोबास गर्थे। बंगलाको वरिपरिको हरियाली किशोरलाई निकै राम्रो लाग्थ्यो। 

gauri kunja

सन् २०१८ मा यही बंगलालाई लिएर विवाद भएको थियो, जब यहाँ रेस्टुरान्ट खोल्न ३ सालको सम्झौंता भएको थियो। मुम्बई महानगरपालिकाले बंगलाको ग्राउन्ड फ्लोर अवैध निर्माण भएको भन्दै आपत्ति जनाएको थियो। 

विराट कोहली भारतमा अहिले सबैभन्दा बढी पैसा कमाउने खेलाडी हुने। उनी विश्व सूचीमा ६१ मा पर्छन। अहिले पनि उनीसँग ३० भन्दा बढी ब्राण्ड इन्डोर्समेन्ट छ। सबै गरेर उनको वर्षमा २ सय करोड रुपैयाँ आम्दानी छ। विराटको कूल सम्पत्ति ९ सय करोड छ। 
किशोर कुमारको निधन ३५ वर्षअघि १३ अक्टुबर १९८७ मा भएको थियो। उनले करिब १ सय १० संगीतमा निर्देशन दिएका थिए भने २ हजार ६ सय ७८ फिल्मी गीत गाए। उनले ८८ फिल्ममा अभिनय पनि गरेका थिए। 
 

प्रतिक्रिया