‘निरा राडिया टेप काण्ड’ को मुद्धा ११ वर्षपछि पुनः बहसमा

काठमाडौं। भारतको चर्चित ‘निरा राडिया टेप काण्ड’ को मुद्धामा ११ वर्षपछि पुनः अदालतमा बहस हुने भएको छ। ठूला उद्योगपति रतन टाटाले ‘राइट टु प्राइवेसी’ अन्तर्गत दर्ता गरेको मुद्धामा न्यायाधीस डिवाई चन्द्रचुड, हिमा कोहली र पीएस नरसिम्हाको बेञ्चले फैसला गर्न लागेको हो। 

निरा राडिया टेप सार्वजनिक भएपछि रतन टाटाले २०११ मा मुद्धा हालेका थिए। उनले निजी कुरा बाहिर ल्याएको भन्दै ‘राइट टु प्राइवेसी’ अन्तर्गत मुद्धा दर्ता गरेका थिए। टाटाको तर्फबाट कानुनको २१ (२) को धारा उल्लंघन भएको उल्लेख थियो। 

कर्पोरेट दलाल निरा राडियाले टाटा समूह र मुकेश अम्बानीको नेतृत्वदायी रिलायन्स कम्पनीको लागि जनसम्पर्कको काम गरेकी थिइन। २०१० मा निराले विभिन्न उद्योगपति, राजनीतिकर्मी, सरकारी अधिकारी र पत्रकारसँग फोनमा कुराकानी गरेको ८ सय वटा टेप सार्वजनिक भएको थियो। 

यही टेप काण्डका कारण २जी स्पेक्ट्रम घोटालामा निरा राडियाको भूमिकालाई लिएर प्रश्न उठेको थियो। यी टेपहरूमा रतन टाटासँग भएको फोनवार्ता पनि समावेश थियो। 


 

प्रतिक्रिया