नेपाली कृषकलाई इजरायलमा रोजगारी 

काठमाडौं। इजरायलले कृषि क्षेत्रका लागि नेपाली कामदार लैजाने भएको छ। एक हजार स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । यसको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।  

३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए । 

मन्त्रालयले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सन् २०२० को सेप्टेम्बरमा नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सन् २०२१ मा एक हजार १ सय ४७ जना नेपाली कामदार इजरायल गइरहेका छन् । 

केयर गिभरका लागि गएका नेपालीहरूको कामबाट इजरायल र इजरायली कम्पनीहरू सन्तुष्ट छन् । सोही आधारमा कृषि क्षेत्रमा पनि कामदार लैजाने प्रक्रिया अगाडि बढेको हो ।     
 

प्रतिक्रिया