१५ दिनपछि राजु श्रीवास्तवको होस् खुल्यो

दिल्ली। चर्चित कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भएको छ। उनी विगत १५ दिनदेखि कोमामा थिए। दुई सातापछि उनको स्वास्थ्यमा सुधार आएको भारतीय पत्रिकाले जनाएको छ। 

राजुलाई होस् आएपछि उनको साथी सुनिल पालले एउटा भिडियो सेयर गर्दै खुसी व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘राम्रो समाचार, राजु श्रीवास्तवलाई होस् आएको छ।’

१० अगस्टमा जिममा ‘वर्कआउट’ गर्ने क्रममा राजुलाई ह्दयघात भएको थियो। उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्यलाई लिएर हजारौं शुभचिन्तकले प्रार्थना गरेका छन्। 
 

प्रतिक्रिया