चर्चित निर्माता सावन कुमारको निधन

मुम्बई। चर्चित बलिउड निर्माता–निर्देशक तथा लेखक सावन कुमारको ८६ वर्षको उमेरमा निधन भएको छ। उनी विगत केही दिनदेखि अस्वस्थ थिए। मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उनको उपचार भइरहेको थियो। 

भारतीय मिडियाका अनुसार बिहीबार बिहान एक्कासी उनको स्वास्थ अवस्था थप कमजोर बनेपछि आईसीयूमा सारिएको छ। साँझ ४ बजेर १५ मिनेट जाँदा ह्दयघातका कारण उनको निधन भयो। 

सावनका भतिजा नवीनका अनुसार उनी लामो समयदेखि किड्नीको बिरामीबाट ग्रसित थिए। परिवारले उनलाई निमोनिया भएको भन्दै अस्पताल भर्ना गराएको थियो।  

सावनको निधनप्रति सलमान खानले दुःख व्यक्त गरेका छन्। सलमानले सावनको निर्देशनमा बनेको फिल्म ‘सनम बेवफा’ मा काम गरेका थिए। सावनले सौतन, सौतनकी बेटी, सनम बेवफा, बेवफा से वफा जस्ता थुप्रै फिल्ममा निर्देशन दिएका छन्। उनको फिल्मबाट जुनियर महमुद र संजीव कुमारले आफ्नो अलग पहिचान बनाएका थिए। सावनले सन् १९६७ बाट फिल्ममा काम गर्न सुरु गरेका थिए। उनको पहिलो निर्देशित फिल्म नौनिहाल थियो। जसमा संजीव कपुर प्रमुख भूमिकामा थिए। पहिलो फिल्ममै उनी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए। 
 

प्रतिक्रिया