यी पो हुन साँच्चैका धनाढ्य

मान्छेलाई कुन ऊर्जाले चलाउँछ ? मान्छेः मानव बन्न कुनकुन साधना गर्छ? संसारमा दुःखका कारण के, के हुँन रु किन संसारमा युद्ध हुन्छन् ? किन मानिस मान्छेले मान्छे नखाओस् भन्ने सोच्दैन ? सत्ता, सम्पत्ति र सन्तान मोहले मान्छे अमानव बन्छ। भ्रष्ट हुन्छ। खलनायक बन्ने तत्वबारे जान्दाजान्दै पनि नायकहरू आफ्नै मलामी किन बन्न जान्छन्? चमडी जाय समाजसेवामा दमडी नजाए भन्ने कञ्जुस् धनाढ्य र आजका नेपाली, त्यागी, कम्युनिष्टहरूमा पलाएको द्रब्यमोह, सन्तानमोहलाई द्रब्यत्यागीहरूले केही शिक्षा दिन सक्लान्?

प्रकाश शाह


यी हुन् गुजरातको भारूच जिल्लामा जन्मिएका प्रकाश शाह। आइटी अध्ययनपछि रिलायन्समा जोडिएर उपाध्यक्ष रहे। वार्षिक ७५ करोडको प्याकेज तलब थियो। उनी श्रीमती नयानावेन सहितै सम्पूर्ण सम्पत्ति दान गरेर जैन भिक्षु बने। उनका छोराले ७ वर्ष पहिल्यै सन्याश लिइसकेका थिए। 

राकेश झुनझुनवाला

भारतका वारेन बफेट भनिने राकेश झुनझुनवाला ४० हजार करोड व्यापार साम्राज्यका मालिक थिए। उनी कमाइको १ तिहाई समाज सेवामा खर्च गर्थे। उनको ५ सय करोडको रेयर फाउन्डेसन छ। उनको १४ अगस्तमा निधन भयो।

वेन अजहन सिरिपान्यो

मलेसियाका तेस्रा धनाढ्य आनन्द कृष्णनका छोरा वेन अजहन सिरिपान्यो वौद्द भिख्खु बने। उनलाई संसारभर खोजी हुँदा थाइल्याण्को सुदूर  दताओ दुम मठमा भिक्षुको रूपमा भेटियो। आनन्दको घर फर्काउने र व्यापार साम्राज्य सम्हाल्ने अनुरोध भिख्खु अजहनले अस्वीकार गरे। (एजेन्सीबाट)


 

प्रतिक्रिया