कमेडियन राजु श्रीवास्तव अचेत अवस्थामा 

 मुम्बई। कमेडियन राजु श्रीवास्तवको अवस्था फेरि एक पल्ट गम्भीर बनेको छ। बुधबार राती उनलाई अचेत अवस्थामै पुनः सामान्य ह्दयघात भएको थियो। चिकित्सकहरूले टाउकोको सिटी स्क्यान गराउँदा उनको दिमाग सुन्निएको देखिएको छ। उनको ठूलो दाई सीपी श्रीवास्तवले भने, ‘दिमाग सुन्निएको छ। पानी भरिएको डाक्टरहरूले बताएका छन्।’ 

बिहानदेखि नै घर परिवारका अन्य सदस्य र नातेदारहरू दिल्लीस्थित एम्स अस्पताल पुग्ने क्रम जारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ। 

१० अगस्टमा राजुलाई ह्दयघात भएको थियो। उनी भेन्टिलेटरमा छन्। उनको स्वास्थ्यको शुभकामना गर्दै बाहिर शुभचिन्तकहरूले पुजा गर्न थालेका छन्। ४ दिनअघि गायक कैलाश खेरले पनि २१ सन्तलाई बोलाएर मृत्युञ्जय जप गराएका थिए। 
 

प्रतिक्रिया