आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त

काठमाडौं।  वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव उमाकान्त आचार्य नियुक्त भएका छन्।

उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशक नियुक्त गरेका हुन्।

आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकमा थिए।

यसअघि वैदेशिक रोजगार विभागको महानिर्देशक रहेका सहसचिव शेषनारायण पौडेल अध्ययन बिदामा बसेपछि उक्त पद रिक्त भएको थियो ।

प्रतिक्रिया