निर्वाचन आयोगमा कांग्रेस पार्टी दर्ता 

काठमाडौं। नेपाली कांग्रेस पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। दल दर्ता गर्न उपसभापति धनराज गुरुङ नेतृत्वको टोली आयोग पुगेको थियो।

४ मंसिरमा हुने निर्वाचनमा टिकट बाँडफाट न्यायोचित ढंगले हुने उनले बताए। ‘टिकट बाँढ्दा न्यायोचित व्यवस्थापन गर्ने र टिकट बाँड्दा योग्यता क्षमताका आधारमा प्रदान गरिने छ। देखिँदा, हेर्दा, र सुन्दा न्ययोचित भएको अनुभूत गराउँछौं,’ गुरुङले भने, ‘पुरानो दल हो आकांक्षी धेरै छन् तर सबैलाई समेट्छौं।’

प्रतिक्रिया