कांग्रेस केन्द्रीय सदस्यमा १० महिला नियुक्त

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिलालाई केन्द्रीय सदस्य मनोनित गरेका छन्। नेपाली कांग्रेसको संसोधित विधान, २०१७  को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्य मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

मनोनित सदस्यमा किरण यादव (महोत्तरी),  राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ),  रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही  (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी) र  सीता देवकोटा (नवलपुर) रहेका छन्।

प्रतिक्रिया