महावीर पुनलाई कृषि औजार कारखानाको अध्ययन गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । वीरगञ्जस्थित कृषि औजार कारखाना अध्ययनका लागि अर्थमन्त्री जनार्दन शर्माले आविस्कार केन्द्रका संस्थापक महावीर पुनसँग प्रस्ताव राखेका छन्। अर्थमन्त्री शर्माले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुनसँग छलफल गरेका हुन्।

उनले यस अवसरमा कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको बताए। उनले कारखानाको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेको जानकारी पनि दिए। 

नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणको उत्पादन, मर्मत सम्भार र नयाँ औजारको आविष्कार भेटमा उक्त कारखानाबाट गर्न सकिने उनले बताए। 

२०२१ सालमा स्थापना भएको कृषि कारखाना २०५९ सालबाट पूर्ण रुपमा बन्द भएको थियो। कारखाना वीरगञ्जमा ९ बिघा क्षेत्रफलमा फैलिएको छ। 
 

प्रतिक्रिया