सिट बाँडफाँटमा सहमति जुटेन, ३० साउनमा अर्को बैठक

काठमाडौं। प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको मोडालिटी बनाउन बिहीबार बसेको सत्ता गठबन्धनको कार्यदलको बैठक बिना निस्कर्ष टुँगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बसेको बैठकले सहमतिको मोडालिटीबारे सकारात्मक छलफल गरेको कार्यदलका सदस्य देव गुरुङले जानकारी दिएका छन्। 

सरकारले ४ मंसिरमा निर्वाचन घोषणा गरिसकेको छ। 

गुरुङले भने, ‘सकारात्मक छलफल भयो। ३० गते अर्को बैठक बस्ने निर्णय भएको छ।’

बैठकमा सिट बाँडफाँट गर्ने मुख्य आधार विगतका निर्वाचनमा दलहरूलाई प्राप्त भएको मतलाई बनाउने विषयमा छलफल भएको थियो। सिट बाँडफाँट गर्न ५ दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएका थिए। 

प्रतिक्रिया