कांग्रेसले २ भदौंदेखि चुनावी अभियान सुरु गर्ने

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले २ भदौंदेखि आफ्नो चुनावी अभियान सुरु गर्ने भएको छ। नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय बैठकले ७७ जिल्लामै चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

यसका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। चुनावी अभियान २ भदौबाट सुरु भएर २४ गते सम्पन्न हुनेछ। सरकारले यही साता ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेको थियो। 

यसअघि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादीलगायत दलसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको छ। 


 
 

प्रतिक्रिया